२ मङ्सिर, काठमाडौं । दुर्गा प्रसाईं पक्राउ परेकाे विरोधमा नागरिक बचाउ दल आजैदेखि देशव्यापी आन्दोलनमा उत्रिने घोषणा गरेको छ। ७ मंसिरका लागि तय गरिएको प्रदर्शनलाई अगाडि सारेकाे पार्टीले प्रसाईंलाई ‘मध्यराति अपहरण शैलीमा’ पक्राउ गरिएको दाबी गर्दै सरकारमाथि शान्ति भंग गरेको आरोप लगाएको छ।
महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार पहिलो चरणमा विभिन्न जिल्लाका प्रशासन कार्यालयहरूमा ध्यानाकर्षणपत्र बुझाइनेछ।
प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट पक्राउ गरिएको हो। हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका प्रसाईंको तत्काल रिहाइको माग गर्दै पार्टीले सडकबाटै सरकारविरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ।





