समाचार

सार्वजनिक शान्ति भंग मुद्दामा दुर्गा प्रसाईंको म्याद ४ दिन थप

२ मँसिर, काठमाडौं । सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंको म्याद थपिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौँले अनुसन्धानका लागि प्रसाईंको म्याद ४ दिनका लागि थपेको जनाएको छ ।
प्रसाइ अब ४ दिन प्रसाईं प्रहरी हिरासत रहने छन् ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । सोही अनुसार तयारी पनि तीव्र पारेका थिए । तर त्यसअघि नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई पक्राउ गरेको हो ।

उनले सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।

अतिरिक्त म्यादसँगै अब प्रहरीले उनको बयान, गतिविधि तथा संलग्नताबारे थप प्रमाण संकलन गर्ने जनाएको छ।