समाचार

बाराको तनावपछि प्रधानमन्त्रीले सुरक्षा परिषद् बैठक बोलाइन्

४ मंसिर, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न तनावपूर्ण अवस्था सम्बोधन गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सचिवालयमा बस्ने जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्‌मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सहभागी हुन्छन्।

बुधबार सिमरा विमानस्थलमा जेनजी युवाहरूले तोडफोड र आगजनी गरेपछि कर्फ्यु जारी गरिएको थियो। यस विषयमा मानव अधिकार आयोगले पनि शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई ध्यानाकर्षण गराएको छ।