६ मङ्सिर, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी सुशीला कार्की नेतृत्वले फागुन २१ गते गर्ने भनिएको आम निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले १५ औँ महाधिवेशनको विषयमा भने कुनै पनि निर्णय गर्न नसकेको बताइएको छ ।
काँग्रेस महामन्त्री गगन कुमार थापाले भने, ‘‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ’ ।
दुई पटक बैठक सरेपछि आलोचनाको केन्द्रबिन्दुमा परेका काँग्रेस पदाधिकार तथा केन्द्रीय सदस्यहरूले आज बैठक अन्त्य गरे पनि १५ औँ महाधिवेशन नियमित, विशेष कुन गर्ने वा नगर्ने भन्नेमा सहमती जुटाउन सकेनन् ।
नेपाली काँग्रेसमा डा शेखर कोइराला–गगन थापा समूह नियमित महाधिवेशनको पक्षमा रहेका छन् भने सभापति शेरबहादुर देउवा पक्ष भने एक वर्ष समय थप्नुपर्ने पक्ष्ममा रहेको छ ।
काँग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका आवश्यक प्रक्रिया पुर्याउने निर्णयसमेत गरेको छ ।





