७ मङ्सिर, काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आज आक्रमणको प्रयास भएको छ। युवा संघको कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै गरेका बस्नेतसहितको टोलीमाथि विमानस्थल नजिकै दुई जेन–जी युवाले रातो मसी छ्यापेका हुन्।
घटनामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन्। गौतमले दिएको जानकारी अनुसार उनीहरूले यो कार्य जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरूको न्याय माग गर्ने पक्षमा नभई, एमाले विरोधको सांकेतिक विरोध स्वरूप गरेको बताएका छन्। उनले भने, “हामीले उहाँको कार्यक्रममा अवरोध गर्न खोजेको होइन, केवल सांकेतिक चेतावनी दिएको थियौं, तर प्रहरीले हामीलाई नियन्त्रणमा लियो।”
विराटनगर विमानस्थल नजिक भएको यस घटनामा बस्नेतसहितको टोली सुरक्षित रहेको प्रहरीले जनाएको छ।





