९ मंसिर, विराटनगर । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना हुने प्रबल विश्वास व्यक्त गरेका छन्। कोशी प्रदेशसभाको जलेको भवन र नयाँ निर्माणाधीन संरचना निरीक्षणका क्रममा उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत नभएको टिप्पणी गरे।
घिमिरेका अनुसार प्रतिनिधिसभा जिस्तरी विघटन गरियो, त्यसको कुनै संवैधानिक आधार छैन। उनले अन्तरिम सरकार गठन र संसद विघटनसमेत कानुनी मान्यता नहुने उल्लेख गर्दै यही बुझाइसहित सर्वोच्च अदालतमा लिखित जवाफ दिएको जानकारी दिए।
जेनजी आन्दोलनपछि भदौ २७ मा प्रतिनिधिसभा विघटन भएको थियो। तर घिमिरेको मतमा यो कदम संविधानको मर्म विरुद्ध छ र न्यायालयले पुनर्स्थापना गर्ने आशा आफूहरूलाई रहेको छ।
कोशी प्रदेशसभाको जलेको भवन निरीक्षणपछि संक्षिप्त टिप्पणी गर्दै उनले संविधानसम्मत मार्गमा फर्किन प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य रहेको बताए।





