१२ मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिका विशेष कमिटीका अध्यक्ष जयराम खतिवडा महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
पछिल्लो समयमा सामाजिक सेवामा सक्रिय बनिरहेका खतिवडा २०५६ साल देखी नै अनेराश्ववियूबाट राजनीतिमा प्रवेश गरेका थिए ।
नेपालको राजनीतिमा प्रभाव राख्ने नेकपा एमालेमा अढाई दशकभन्दा अगाडिदेखि सक्रिय खतिवडा पर्टयन विज्ञको रुपमा परिचित छन् ।
महानगरको अध्यक्ष दुई बर्षदेखी जिम्मेवारी सम्हालेका उनी जनताको सेवा नै आफ्नो जीवन भएको बताउने गरेका छन् ।
शालीन स्वभावका खतिवडाले नेकपा एमालेको केन्द्रीय अध्यक्षमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिमा विजयी हुने प्रबल सम्भावना भएका बलिया प्रतिस्पर्धी भएको दाबी नेकपा एमालेका नेताहरूकै छ ।






