राजनीति

ओलीले जाँचबुझ आयोगलाई बयान दिनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

२४ मंसिर, काठामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगले बयानका लागि जानुपर्ने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।

बुधबार सम्पादकहरूसँगको छलफलमा पोखरेलले यस्तो बताएका हुन् । सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्ने भएपनि ओली जानुपर्ने पोखरेलको भनाई थियो ।


‘सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन केही होलान् । तर आयोगले बोलाएको कुरा स्वभाविक हो । म चाहीँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन ।’ पोखरेलले भने ।