२५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको भेट भएको छ । राष्ट्रपति पौडेललाई भेट्न कार्की शीतलनिवास पुगेकि छिन् ।
केही बेर अगाडि मात्र सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन गरेको थियो ।
बुधबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको थियो ।
बैठकले गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको मन्त्री खरेलले जाननकारी दिएका थिए ।





