४ पौष, काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने आज हिरासतमुक्त हुनुभएका छन् । अदालतको आदेशले सशर्त रिहा गर्न आदेश भएका लामिछाने आज धरौटी बुझाएर रिहाइ हुन लागेका हुन् ।
विभिन्न सहकारी ठगीको अभियोगमा अदालतको आदेशले थुनामा रहेका लामिछानेलाई बिहीबारको सर्वोच्च अदालतको आदेशले सशर्त थुनामुक्त गर्न आदेश दिएको हो ।
आज धरौटी र जमानत बुझाएर लामिछाने मुक्त हुने समाचारहरूले बताएका छन् ।





