१२ पुस, काठमाडौं । ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशमा साँचो एकता अरुको अस्तित्व समाप्त गरेर सम्भव नहुने बताएका छन्।
शनिबार बौद्धमा उज्यालो नेपाल पार्टीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सबैको अस्तित्व स्वीकार्दै सम्मानसहित अघि बढ्नुपर्ने बताए। उनले नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए।
मन्त्री घिसिङले पार्टीको पहिचान ‘उज्यालो’लाई जनजीवनसँग जोड्दै देशभर संगठन विस्तार गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। उनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिने र सचेत नागरिक बन्ने आग्रह पनि गरे।





