१२ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले गम्भीर संकटमा रहेको बताएका छन्। शनिबार झापाको बिर्तामोडमा आयोजित सभामा उनले सरकार र दलहरू विदेशीहरूले चलाइरहेको आरोप लगाए।
लिङ्देनले आगामी चुनावमा कुन पार्टीले जित्ने वा हराउने पनि विदेशीहरूले तय गर्दैछ भन्दै, देशलाई बचाउन र संकटबाट जोगाउन राप्रपा मात्रै विकल्प भएको बताए। उनले पार्टीले चुनावमा केही सिट जित्ने मात्रै नभई देशलाई जिताउने लक्ष्यका लागि अघि बढेको बताए।





