राजनीति

सबै दल चुनावका लागि तयार छन् : देउवा

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल निर्वाचनका लागि तयार रहेको बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलपछि देउवाले कांग्रेस, एमालेलगायत अन्य दलहरू चुनावमा जान तयार रहेको स्पष्ट पारे।

उनले निर्वाचन सफल बनाउन सरकारले आवश्यक सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने पनि बताए।