१८ पौष, काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति घोषणा गरेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
महामन्त्रीद्वयले यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा दुईदिने विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरिसकेका छन् भने हलसमेत बुक भइसकेको जनाइएको छ।
यस विषयमा शीर्ष नेताहरूसँग छलफल गरेपछि पार्टीभित्रको समग्र अवस्थाबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्।





