समाचार

राष्ट्रिय सभा निर्वाचन : नेकपाले टुंग्यायो १७ उम्मेदवार

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारहरूको टुंगो लगाएको छ। कांग्रेस–एमालेसँग चुनावी गठबन्धनको प्रयास सफल नभएपछि नेकपाले अधिकांश सिटमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो।

पार्टीले गण्डकी प्रदेशमा एक सिट खाली राख्दै कुल १७ जना उम्मेदवार चयन गरेको जनाएको छ।

प्रदेशगत उम्मेदवार यसप्रकार छन्:

कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने रहेका छन्। मधेश प्रदेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल उम्मेदवार छन्।

बागमती प्रदेशबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झा, गण्डकी प्रदेशबाट कपिल लामा चयन भएका छन्। लुम्बिनी प्रदेशमा दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिक उम्मेदवार छन्।

कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिम प्रदेशबाट टीकाराम जैशी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।