राजनीति

आफूहरूलाई आधिकारिकता दिनुपर्ने मागसहित नेपाली काँग्रेस देउवा पक्ष गयो सर्वोच्च अदालतमा 

४ माघ, काठमाडौँ । नेपाली काँग्रेस संस्थापन पक्षका नेताहरू आज निर्वाचन आयोगको निर्णय विरुद्धमा सर्वोच्च अदालतमा निवेदन दिन गएका छन् । 

सर्वोच्च अदालतमा गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई रुख र चार तारा चिन्हसहितको आधिकारिकता निर्वाचन आयोगले दिएपछि काँग्रेसका संस्थापन पक्षका नेताहरू आज सर्वोच्च अदालत गएका हुन् । 

काँग्रेस संस्थापन पक्षको केन्द्रीय समितिको निर्णय अनुसार निर्वाचन आयोगको निर्णय विरुद्धमा सर्वोच्च अदालत जाने र कानुनी र संवैधानिक लडाई लड्ने निर्णय बमोजिम आज नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत गएका हुन् । 

नेपाली काँग्रेसको २७, २८, २९ र ३० गतेको विशेष महाधिवेशनले गगन थापा नेतृत्वको निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि सभापति शेरबहादुर देउवा पक्ष आक्रामक रूपमा प्रस्तुत भएको छ ।