काठमाडौं, ५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक तर्फका ११० जना उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ।
खस–आर्य महिलातर्फ सूचीको पहिलो नम्बरमा बलावती शर्मा रहेकी छन् भने दोस्रोमा दिनकुमारी पन्त र तेस्रोमा कमला नकर्मी छन्।
खस–आर्य पुरुषतर्फ प्रमेशकुमार हमाल पहिलो नम्बरमा छन्। उनलाई शिव बास्तोला र जितबहादुर दाहालले पछ्याएका छन्।
त्यस्तै, आदिवासी जनजाति महिलातर्फ भीमकुमारी बुढामगर पहिलो नम्बरमा रहेकी छन् भने दोस्रो नम्बरमा लक्ष्मीकुमारी लामाको नाम राखिएको छ।
पार्टीले निर्वाचन आयोगमा बुझाउनुअघि यो सूची सार्वजनिक गरेको जनाएको छ।







