खेलकुद

टी–२० विश्वकपबाटै शेर मल्लको सिनियर डेब्यू, इंग्ल्यान्डविरुद्ध पहिलो खेल

२५ माघ, मुम्बई । मिस्ट्री स्पिनर शेर मल्लले आईसीसी टी–२० विश्वकपमार्फत नेपाल सिनियर राष्ट्रिय क्रिकेट टिममा औपचारिक डेब्यू गरेका छन् । भारत र श्रीलंकामा संयुक्त रूपमा भइरहेको टी–२० विश्वकपअन्तर्गत आइतबार इंग्ल्यान्डविरुद्धको खेलमा पहिलो रोजाइमा परेपछि शेरले अन्तर्राष्ट्रिय यात्राको सुरुआत गरेका हुन् ।

यस संस्करणको टी–२० विश्वकपका लागि छनोट भएका १५ नेपाली खेलाडीमध्ये पाँच जना पहिलोपटक विश्वकप टिममा समावेश थिए । तीमध्ये डेब्यू गर्न बाँकी रहेका शेरले इंग्ल्यान्डविरुद्धको खेलबाट अवसर पाएसँगै सबै नवप्रवेशी खेलाडीले विश्वकप डेब्यू पूरा गरेका छन् ।

शेरसँगै आरिफ शेख, लोकेश बम र नन्दन यादवले पनि यस विश्वकपमा नेपालका लागि डेब्यू गरेका छन् । खेलमा इंग्ल्यान्डले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।