समाचार

राजीव कोईरालालाई विजयी गराउन जनतासँग सुनसरी २ पुगेरै गगन थापाले गरे अपील

२७ माघ, इटहरी । नेपाली काँग्रेसका सभापति गगनथापाले राजीव कोईरालालाई अत्याधिक मतले विजयी गराउन आग्रह गरेका छन् । उनले सुनसरी २ का मतदातासँग बोल्दै नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बन्नुभएका राजीव कोईराला आदरण्ीय नेता भएकोले मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।
बिराटनगरको कार्यक्रममा भाग लिन सोमबार आएका सभापति थापाले आज इटहरीलगायत सुनसरीमा नेता कार्यकर्ताहरुसंग कुरा गरेका हुन् । सभापति थापा आजै आफ्नो निर्बाचन क्षेत्र सर्लाही जाने कार्यक्रम छ ।
नेपाली काँग्रेसको राजनीतिमा स्थानीय स्तरबाटै शुरु गरेका कोईराला दुईपटक नेपाली काँग्रेसको जिल्ला सभापति र पछिल्लो कार्यकाल केन्द्रीय सदस्यमा विजयी भएका थिए ।