बैंकिङ

साताको पहिलो दिन सुनको मूल्यमा २३ सयको वृद्धि

३ फागुन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।

मूल्य वृद्धिसँगै बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यता, चाँदीको मूल्य भने आइतबार सामान्य घटेको छ । शुक्रबार प्रतितोला ५ हजार रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आइतबार ४ हजार ९ सय ८५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।