प्रदेश 1

कटारीमा सुरक्षाकर्मीको हतियार पड्कियो

२१ फागुन, काठमाडौं । उदयपुरको कटारीमा मतदानका क्रममा सुरक्षाकर्मीले बोकेको हतियार असावधानीवश पड्किएको छ।

कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको सटगनबाट गोली पड्केको हो। तर, यस घटना कुनै मानविय क्षति वा गम्भीर घटना निम्त्याएको छैन।

कोशीका डीआईजी **विनादे घिमिरे**ले सुरक्षाकर्मी लड्दा हतियार पड्किएको पुष्टि गरेका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

यो घटनाले मतदान सुरक्षा व्यवस्थामा असावधानी हुन सक्ने सम्भावना औंल्याएको छ।