समाचार

कांग्रेस सभापति गगन थापाले गरे मतदान 

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले काठमाडौं–४ मा आफ्नो मत खसाल्दै निर्वाचन प्रक्रियामा भाग लिएका छन्। उनी मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गर्न पुगेका थिए।

काठमाडौं–४, थापाका लागि लामो समयको चुनावी क्षेत्र भए पनि यसपटक कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ। सभापति थापा यसपालि सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकाले काठमाडौं–४ क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ।

उनको मतदान र उम्मेदवारीले चुनावी माहोलमा थप उत्साह र हलचल ल्याएको बताइएको छ।