२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौंमा मतदान गरेर सर्लाही पुगेका छन्। उनी सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।
काठमाडौंमा आफ्नो मताधिकार प्रयोग गरेलगत्तै सभापति गगन थापा सर्लाहीतर्फ प्रस्थान गरेका हुन्। सर्लाही पुगेपछि उनले विभिन्न मतदान केन्द्रहरूको निरीक्षण सुरु गरिसकेको उनको सचिवालयले जनाएको छ।
यस क्षेत्रमा गगन थापा र अमरेशकुमार सिंह बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुन्।
सर्लाही पुगेपछि सभापति थापाले मतदान केन्द्रहरूको अवस्था बुझ्दै निर्वाचन गतिविधिबारे जानकारी लिइरहेको जनाइएको छ। यस क्षेत्रको प्रतिस्पर्धालाई लिएर राजनीतिक वृत्तमा विशेष चासो व्यक्त गरिएको छ।




