सामाजिक सञ्जाल

प्रधानमन्त्रीलाई ‘आमा’ भन्दै बालेन शाहले लेखे: लोकतन्त्रले जितेको छ

२१ फागुन, काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्की को नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन्। बिहीबार मतदान सकिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश सार्वजनिक गरेका हुन्।

शाहले प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ। आमा।”

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका पदाधिकारीहरूले जनाएका अनुसार, छिटपुट विवादबाहेक मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ।