भेनेजुएलाले सन् २०२५ मा करिब ६६ टन लागूऔषध बरामद गरेको जनाएको छ । यो मात्रा अघिल्लो वर्षको तुलनामा ६४.४४ प्रतिशत बढी रहेको छ र पछिल्ला दुई दशककै सबैभन्दा ठूलो बरामद मानिएको छ । राष्ट्रिय लागुऔषध नियन्त्रण निकायका प्रमुख ड्यानी फेररले संयुक्त राष्ट्रसङ्घको लागुऔषध सम्बन्धी आयोगको ६९औँ बैठकमा उक्त जानकारी दिएको हो ।
भेनेजुएलाको आन्तरिक मामिला, न्याय तथा शान्ति मन्त्रालयका अनुसार सरकारले लागूऔषध तस्करी नियन्त्रणका लागि लागू गरेको नीति तथा कम्तीमा ११ देशसँगको सहकार्यका कारण यस्तो उपलब्धि हासिल भएको हो ।
फेररका अनुसार सरकारले लागूऔषध तस्करीमा संलग्न अपराधी समूहहरूलाई नियन्त्रण गर्न निगरानी र रोकथाम क्षमतामा उल्लेखनीय सुधार गरेको छ ।
यसका साथै, देशभित्र लागूऔषध प्रयोग घटाउन सञ्चालन गरिएका रोकथाम तथा जनचेतना कार्यक्रमहरूबाट २५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।





