साहित्य

महावीरलाई कलाकार घिमिरेको साथ : देश बेचेको भन्दा किताब बेचेको ठिक छ

२८ फागुन, काठमाडौं । हास्यकलाकार केदार प्रसाद घिमिरे माग्ने बुढा नव निर्वाचित सांसद तथा पुर्व मन्त्री महावीर पुनको पक्षमा उभिएका छन् ।

पुनलाई पोखरा महानगरपालकिाका मेयरले सडकमा बसेर किताब बेच्न रोकेपछि त्यसको घिमिरे त्यसको बिरोधमा उत्रिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा घिमिरेले लेखेका छन् देश बेचेको भन्दा किताब बेचेको ठिक छ ।

बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका सडकमा किताब ९आत्मकथा० बेचिरहेका सांसद पुनलाई यसो नगर्न आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत महावीरलाई सांसदको भूमिका स्मरण गराउँदै फुटपाथमा बसेर किताब नबेच्न अनुरोध गरेका थिए ।