कृषि

गोलभेँडा, काउली, काक्रोदेखि सागको मुल्य बढ्यो, कुनको मूल्य कति ?

१ चैत, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ ।

जसअनुसार आज सानो गोलभेँडा (तराई) प्रतिकेजी ५५ रुपैयाँ ८३ पैसा, लोकल गाजर ४० रुपैयाँ, नरिवल बन्दा १८ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ ८३ पैसा, लौका ६५ रुपैयाँ ६५ रुपैयाँ, हरियो फर्सी १४ रुपैयाँ ५० पैसा, डल्लो फर्सी १५ रुपैयाँ, पालूगो, चमसूर, मेथी र सौफको साग ८५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, हरियो प्याज प्रतिकेजी ५१ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, ब्रोकाउली ३२ रुपैयाँ ५० पैसा, सजिवन १२५ रुपैयाँ, रातो बन्दा ४५ रुपैयाँ, कालो अंगुर ३२० रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ, अमला १२० रुपैयाँ, हरियो खुर्सानी ९५ रुपैयाँ, माछे खुर्सानी ६५ रुपैयाँ, हरियो लसुन र हरियो धनिया ७० रुपैयाँ र रुख टमाटर २९० रुपैयाँ तोकिएको छ ।