काठमाडौँ, १ चैत । कुवेतमा बसोबास गर्ने वैध नेपालीहरूले साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन्। कुवेतमा वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएका नेपालीहरूलाई यस सुविधा दिइने कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
दूतावासका अनुसार इच्छुक नेपालीहरूले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सक्नेछन्। भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थलबाट नेपाल जान सकिने व्यवस्था गरिएको छ।
यस व्यवस्था मध्यपूर्वमा विद्यमान परिस्थिति र नेपालीहरूको सहजताका लागि मिलाइएको हो। दूतावासले सवै इच्छुक नेपालीलाई अनलाइनमार्फत भिसा आवेदन दिन आग्रह गरेको छ।





