समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा दोस्रो मुद्दा, २१ व्यक्ति र २ कम्पनी विरुद्ध आरोप

८ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी दोस्रो मुद्दा विशेष अदालत मा दायर गरेको छ ।

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी सहित २१ जना व्यक्ति र दुई निर्माण कम्पनीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा अघि बढाएको हो ।

यसअघि पहिलो चरणको मुद्दा दायर गर्दा नै विमानस्थल निर्माणका क्रममा राजस्व छुट, लागत मूल्य निर्धारण तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा थप अनुसन्धान भइरहेको आयोगले जनाएको थियो । सोही अनुसन्धानको निष्कर्षपछि दोस्रो मुद्दा दायर गरिएको बताइएको छ ।

आयोगले यस मुद्दामा ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

यी हुन् प्रतिवादीहरू

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी
– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल
– प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल
– प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुवदास भोछिभोया
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु
-राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल
-राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सविन फुयाल