राजनीति

रास्वपाको मन्त्री टुंग्याइँको रहस्य: रवि–बालेन एउटै गाडीमा किन?

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेको छ। भोलि (शुक्रबार) बालेनले प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्।

संसदीय दलको नेतृत्व चयनसँगै रास्वपा प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारीमा छ। शपथअघि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन मन्त्री चयनबारे छलफलमा जुटेका छन्।

बनस्थलीस्थित पार्टी कार्यालयमा भएको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका थिए। उनीहरू मन्त्रीको नाम टुंग्याउन छलफलमा लाग्ने तयारीमा छन्, तर छलफलको ठ्याक्कै स्थान सार्वजनिक गरिएको छैन।

स्रोतका अनुसार, ‘दुई नेताबीच मात्रै छलफल भइरहेको छ’। केही नेताका भनाइ अनुसार अहिलेसम्म मन्त्रीहरूको नाम टुंगिएको छैन।