समाचार

काभ्रेपलाञ्चोक रोशी खोलामा बाढी, ७ जना यात्रु फसे, उद्धार जारी

१३ चैत, काभ्रेपलाञ्चोक । शुक्रबार साँझ परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीमा ७ जना व्यक्तिहरू फसेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार फसेका व्यक्तिहरू चौकीडाँडा नजिक उद्धारको प्रयास भइरहेको छ। बाढीले एउटा गाडी समेत बगाएको छ। यात्रुहरूले गाडीबाट झरेर ठूलो ढुङ्गामा बसेका छन्।

एसपी शाहले बताएअनुसार, राति र अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको छ। हाल प्रहरी चौकी भकुण्डेका इन्चार्ज गणेश श्रेष्ठको टोली घटनास्थलमा पुगिसकेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।