कृषि

कालीमाटीमा बोडी र ब्रोकाउलीको मूल्य घट्यो

१४ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज ब्रोकाउली, बोडीसहितका केही तरकारीको मूल्य घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेका छन्।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा २५, रातो आलु १७, भारतीय आलु २२, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २५, स्थानीय काउली ७५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६७, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ११०, करेला १३०, लौका ७५, घिरौँला १०५, डल्ले फर्सी ५५, पाकेको फर्सी ५५, भिन्डी १२०, कन्य च्याउ १३३, डल्ले च्याउ ३०७, सिताके च्याउ ९००, कुरिलो ४२५, न्यूरो ७५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३०, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २२, लोकल बन्दा २६, स्थानीय काउली ७५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ६५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी १३३, करेला १३६, लौका ९५, घिरौँला ८५, डल्ले फर्सी ६५, पाकेको फर्सी ५५, भिन्डी १३५, कन्य च्याउ १३५, डल्ले च्याउ २७५, सिताके च्याउ ९००, कुरिलो ४२५, न्यूरो ७५, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो थियो।