१४ चैत, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियूले प्रदर्शन गरेको छ।
अनेरास्ववियू आरआर क्याम्पसका एकाई समितिका अगुवाइमा विद्यार्थीले सडकमा टाएर बालेर प्रदर्शन गरेका छन्। अनेरास्ववियुले भृकुटीमण्डपमा प्रदर्शन गरेको हो। उनीहरूले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरेका छन्।
शनिबार बिहान प्रहरीले ओलीलाई गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। त्यस्तै, पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो।
जेनजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो। प्रदर्शनमा उत्रिएका विद्यार्थीले जेनजी आयोगको प्रतिवेदन जलाएर विरोध जनाएका छन्।






