१४ चैत, काठमाडौं । काठमाडौंको माइतीघर क्षेत्रमा शनिबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा पार्टीका विभिन्न २३ जनसंगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले निषेधाज्ञा उल्लंघन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडपको स्थिति बनेको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले धरपकड सुरु गरेको छ।
प्रदर्शन चर्किंदै जाँदा माइतीघर आसपासको क्षेत्र तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मीको उपस्थिति पनि उल्लेख्य रूपमा बढाइएको छ।





