समाचार

जिल्ला अदालत अगाडि झडप: ओली पक्राउको विरोधमा प्रदर्शन उग्र

१४ चैत, काठमाडौं । काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा सडकमा उत्रिएका कार्यकर्ताहरू र सुरक्षाकर्मीबीच तनावपूर्ण स्थिति सिर्जना भएको हो।

माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न प्रयास गरेपछि झडप सुरु भएको बताइएको छ।

झडपपछि उक्त क्षेत्र अहिले पनि तनावग्रस्त छ। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने प्रदर्शनकारीहरू अझै विरोधमा उत्रिरहेका छन्।