समाचार

आयोग अध्यक्ष गौरीबहादुर कार्की लाई सुरक्षा खतरा, सेनाको ब्यारेकमा राख्ने तयारी

१४ चैत, काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की लाई सुरक्षा जोखिमका कारण नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरिएको छ। स्रोतका अनुसार पछिल्ला घटनाक्रमले उनको सुरक्षामा चुनौती देखिएपछि यस्तो कदम चाल्न लागिएको हो।

कार्की नेतृत्वको आयोगले दिएको सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेपछि राजनीतिक माहोल तनावग्रस्त बनेको छ। विशेषगरी नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले तीव्र असन्तुष्टि जनाएका छन्।

दिनभर काठमाडौं को अवस्था तनावपूर्ण रह्यो, जसले सुरक्षा निकायलाई थप सतर्क बनाएको छ। यही परिस्थितिलाई ध्यानमा राख्दै कार्कीलाई सुरक्षित स्थानमा राख्ने तयारी गरिएको हो।

यससँगै, भक्तपुरको गुण्डुस्थित उनको निवासमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ, जहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ।