आर्थिक

तोलामा ७ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको कति ?

१८ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा ७४ सय रुपैयाँले बढेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९७ हजार ६०० निर्धारण गरिएको छ ।

अघिल्लो दिन दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर चार हजार ९४५ रुपैयाँ पुगेको छ ।

हिजो चार हजार ८४५ रुपैयाँमा काराबोर भएको थियो ।