समाचार

प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने

१९ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक १९ चैतमा सम्पन्न भएको छ। सभाको अन्त्यमा जेष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने जानकारी दिएका छन्।

केसीले बैठक स्थगित हुने जानकारी दिँदै भने, “०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी बैठक स्थगित हुन्छ।”

यसअघिको बैठकमा विभिन्न एजेन्डा छलफल भएपछि संसद् आगामी बैठकका लागि तयारीमा प्रवेश गरेको छ।