कृषि

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् सूची

२० चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज केही तरकारीको मूल्य थोरै घटबढ् हुँदा धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २७, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २०, लोकल बन्दा २७, स्थानीय काउली ५५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ११५, करेला १५५, लौका ६०, घिरौँला ९५, तराईको परबल ९५, हरियो डल्ले फर्सी ३१, पाकेको फर्सी ५५, भिन्डी १२५, कन्य च्याउ १४०, डल्ले च्याउ ३७६, सिताके च्याउ ९००, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ७७ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २७, रातो आलु १७, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २०, लोकल बन्दा २७, स्थानीय काउली ५५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी १२५, करेला १४५, लौका ७०, घिरौँला ९५, हरियो फर्सी ३२, पाकेको फर्सी ५५, भिन्डी ११५, कन्य च्याउ १३०, डल्ले च्याउ ३५५, सिताके च्याउ ९००, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो थियो।