समाचार

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

२० चैत, काठमाडौं । कांग्रेसले प्रतिनिधि सभाको सभामुखमा उम्मेदवार नदिने भएको छ। महामन्त्री प्रदीप पौडेलले सभामुख पदमा कांग्रेसबाट उम्मेदवारी नरहने बताए।

‘हामीले सभामुखमा उम्मेदवारी दिँदैनौँ, हामीसँग प्रस्तावक र समर्थक नभएर भने होइन,’ महामन्त्री पौडेलले नेपालखबरसँग भने, ‘सभामुख पद तटस्थ हो, भूमिका पनि निष्पक्ष रहनुपर्छ। सभामुखलाई मेरो पार्टीको मात्र समर्थन पाएको थिएँ भन्ने किन पार्नेरु सभामुख भएपछि पार्टीका सबै पद त्याग्नुपर्छ।’

प्रक्रिया र अंकगणितले को विजयी हुन्छ भन्दा पनि सभामुखको तटस्थता कायम हुने विश्वासमा कांग्रेसले उम्मेदवारी नदिने पौडेलको भनाइ छ। सभामुख निर्वाचनका लागि आज ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

सभामुखमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९राप्रपा० का उपसभापति डोलप्रसाद ९डीपी० अर्यालले उम्मेदवारी दर्ता गरिसकेका छन्। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।

उपसभामुखमा भने कांग्रेसको दाबी रहेको महामन्त्री पौडेलको भनाइ छ। ।