समाचार

सभामुखको निर्वाचन पछि मात्रै उपसभामुखबारे छलफल हुन्छ : रवि लामिछाने

२० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुखले प्रतिपक्षलाई दमन नगर्ने बताएका छन् ।

उपसभापति डीपी अर्यालको उमेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उहाँ अब दलको रहनुहुन्न । संविधानले निर्दिष्ट गरेको भूमिका र लोकतान्त्रिक मान्यता अनुसार उहाँ चल्नुहुन्छ।

उहाँबाट प्रतिपक्षलाई दमन हुँदैन, उनले भने, नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन ।

उपसभामुखबारे भने सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्रै छलफल थालिने उनले बताए । अन्य दलहरूसँगको समन्वय र संसदीय प्रक्रियाको पालनामार्फत उपसभामुखको प्रक्रिया अघि बढ्ने उनले बताए ।