२० चैत, काठमाडौं । नेकपा (एमाले) सचिवालयको आकस्मिक बैठक जारी छ । पार्टी मुख्यालय च्यासलमा बैठक बसेको हो ।
कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलगायत विषयमा बैठकमा छलफल गरिने सचिव पद्मा अर्यालले बताइन् ।
बादलले बिहीबार ९चैत १९० प्रतिनिधिसभा बैठकमा पार्टीको स्थापित नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै उपाध्यक्ष विष्णु पौडेललगायत नेताले आपत्ति जनाएका छन् ।
बुधबार (चैत १८) एमाले संसदीय दलको नेतामा बादल चुनिएसँगै पार्टीभित्र मतभेद सतहमा देखिएको छ ।



