२१ चैत, सुनसरी । सुनसरी इटहरी उपमहानगरपालिका-२० तरहरामा मोटरसाईकल दुर्घटनामा परि १ जनाको जनाको मृत्यु भएको छ । भने दुर्घटनामा परि २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा इटहरी-२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रदेश १-०२-०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १-०२-०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकआपसमा शुक्रबार साँझ ठोक्किला भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उपचारको क्रममा मृत्यु उनी मृत्युभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी-२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएको प्रहरीले जनाएको छ ।
राईको धरानस्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।





