समाचार

युवा संघका सचिवालय सदस्य बम गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ

२१ चैत, काठमाडौं । युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा बम पनि परेका हुन् ।

उनी नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघमा सचिवालय सदस्य छन् । युवा संघको कार्यालय टिममा बसेर काम गरिरहेका उनी शुक्रबार राति पक्राउ परेका हुन् ।

उनी अहिले अपराध अनुसन्धान, कार्यालयको हिरासतमा छन् । अपराध अनुसन्धान कार्यालयले उनीसहित १३ जनालाई नियन्त्रणमा लिएको थियो ।

कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका उनी ठमेल क्षेत्रमा सक्रिय रहँदै आएका थिए ।