राजनीति

रविसँगको फोटो फेसबुकमा राख्दै शाही लेख्नछन् : देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौं

२१ चेत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ ।

सांसद शाहीले रविसँगको भेटपछि फोटो आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । फोटो सार्वजनिक गर्दे उनले देश बनाउने महा-अभियानमा आफुहरु एकजुट भएर अघि बढिरहेको बताएका छन्।

बिगतका दुख:हरुले आफुहरुलाई कमजोर नभइ दृढ बनाएको उनको भनाई छ । उनले लेखेका छन् विगतका दुस्खहरुले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा-अभियानमा अघि बढिरहेका छौं।”