२३ चैत, काठमाडौं । नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने संसदीय दलको बैठकले दलको नेता चयनबारे छलफल गर्ने भएको हो ।
कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसी, भिष्मराज आङदेम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राइसम्मको नाम चर्चामा रहेको छ ।
अन्य दलले दलको नेता चयन गरिसकेपनि सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद बैठक सन्चालन गर्नु परेकाले कांग्रेसले ढिलो दलको नेता चयन गर्न लागेको जनाइएको छ ।





