२३ चैत, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महावीर पुनले नयाँ राजनीतिक दलका नेताहरुलाई चाप्लुसि र चाकरीमा नफस्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै पुनले रास्वपासहितका नयाँ दलका नेतालाई चाप्लुसि र चाकरी नेपाली भाइरस भएकाले भाइरसको त्यो गुलियोमा नफस्न सुझाएका हुन् ।
लोभी पापीले आफ्नो स्वार्थ पुरा गर्न पहिला चाप्लुसी गर्दे आफ्नो स्वार्थ पुरा गर्ने फसाउन सक्ने उनको बुझाई छ । उनले अगाडी लेखेका छन् पुरानो दलका नेताहरुलाई यो कुरा भनेर केही अर्थ छन ।






