कृषि

कालीमाटीमा आज बोडी, च्याउ र घिरौँलाको मूल्य घट्यो

२४ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज बोडी, च्याउ, घिरौँलासहितका केही तरकारीको मूल्य थोरै घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २४, रातो आलु १८, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ४८, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ९३, करेला १५६, लौका ५०, घिरौँला ६५, तराईको परबल ९५, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, भिन्डी १०५, कन्य च्याउ १६५, डल्ले च्याउ २७५, कुरिलो ३७५, न्यूरो ७५, ब्रोकाउली ७०, चुकन्दर ५५ रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २२, रातो आलु १८, भारतीय आलु २१, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २५, लोकल बन्दा ३०, स्थानीय काउली ५३, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, लोकल मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ११०, करेला १६०, लौका ५२, घिरौँला ८२, तराईको परबल ९५, हरियो डल्ले फर्सी ४३, पाकेको फर्सी ५५, भिन्डी ९५, कन्य च्याउ १६०, डल्ले च्याउ ३२४, सिताके च्याउ ९००, कुरिलो ३७५, न्यूरो ७५, ब्रोकाउली ६६ रुपैयाँ प्रतिकिलो थियो।