समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

२७ चैत, काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले रामजी यादव र गौरीकुमारी यादवलाई शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए। नियुक्तिअनुसार रामजी यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् भने गौरीकुमारी यादव मन्त्रीका रूपमा सरकारमा सहभागी भएकी छन्।

यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। उद्योग मन्त्रालयको जिम्मेवारी भने हालसम्म प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका छन्।

रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।

नवनियुक्त मन्त्रीहरूको शपथसँगै मन्त्रिपरिषद् पुनर्गठनले नयाँ राजनीतिक समीकरण र कामको गति बढाउने अपेक्षा गरिएको छ।