काठमाडौँ, २९ चैत । काठमाडौँको दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा कार भिरबाट खस्दा एक जनाको ज्यान गएको छ।
हेटौंडाबाट काठमाडौँतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार केरावारी–सितचोक नजिक सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका काठमाडौँ निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार निकाल्ने प्रयास जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।





